You are viewing the translated version of वित्तीय हस्तान्तरण.

Section 22
वित्तीय हस्तान्तरण
(१) सङ्घीय सञ्चित कोषबाट प्रदेश तथा स्थानीय तहलाई गरिने राजस्व बाँडफाँट र अनुदान रकमको हस्तान्तरण प्रचलित कानून बमोजिम: अर्थ मन्त्रालयबाट हुनेछ।

(२) उपदफा (१) बमोजिम अनुदान हस्तान्तरण गर्दा कर्मचारीको तलब, भत्ता लगायतका अनिवार्य दायित्वको रकम विषयगत मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले सम्बन्धित प्रदेश वा; स्थानीय तहमा सशर्त अनुदानको रूपमा थप हस्तान्तरण गर्न सक्नेछ।

(३) उपदफा (१) बमोजिम सशर्त, समपूरक वा विशेष अनुदान बापत प्रदेश वा स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको: रकम आर्थिक वर्षभित्र खर्च नभई बाँकी भएमा सम्बन्धित प्रदेश वा स्थानीय तहले त्यस्तो रकम सोही आर्थिक वर्षभित्र सङ्घीय सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ।